site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृह मन्त्रालयले भन्यो– धर्ना, जुलुस गर्नुअघि वार्ता र संवादबाट समस्याको समाधान गरौँ

काठमाडौं । गृह मन्त्रालयले नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको जनाएको छ । बुधबार (असोज २२) विज्ञप्ति जारी गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा आग्रह गरे । 

"नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ," मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालयले सबैसँग अनुरोध गरेको छ । 

मन्त्रालयले जेनजीको प्रदर्शनपछि आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको जनाएको छ । देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आम नागरिककोसमेत अहम् दायित्व हुने मन्त्रालयले जनाएको छ ।

557447987_1263059549186293_4703180704099946773_n-1759932518.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्