काठमाडौं । उज्यालोको पर्व भनेर चिनिने दीपावलीमा क्यालिफोर्नियाले बिदा दिएको छ । दीपावलीमा बिदा दिने क्यालिफोर्निया अमेरिकाको तेस्रो राज्य हो ।
गभर्नर गेभिन न्युसोमले मंगलबार यो विधेयकमा हस्ताक्षर गरेपछि यसलाई कानुनको रूप दिइएको हो । यो कानुन जनवरी १ देखि लागु हुनेछ ।
यो कानुनले सार्वजनिक विद्यालय र सामुदायिक कलेजहरूलाई दीपावलीको दिन बन्द गर्न अख्तियारी दिनेछ । राज्यका कर्मचारीहरूले उक्त दिन बिदा लिन सक्नेछन् । नयाँ कानुनले दीपावली सिख, जैन र बौद्ध धर्मावलम्बीहरूले पनि मनाउने गरेको तथ्यलाई मान्यता दिएको छ ।
अमेरिकामा दीपावलीको बिदा
पेन्सिलभेनिया २०२४ मा दीपावलीलाई राज्यव्यापी बिदा दिने पहिलो अमेरिकी राज्य बनेको थियो, जसलाई यसै वर्ष कनेक्टिकट राज्यले पछ्याएको थियो ।
क्यालिफोर्नियाको सिलिकन भ्यालीमा अवस्थित सान जोस सहरमा भारतीय मुलका अमेरिकीको जनसंख्या उल्लेख्य छ । सन् २०२५ को प्यु सर्वेक्षण अनुसार, ४९ लाख भारतीय जनसंख्यामध्ये नौ लाख ६० हजार क्यालिफोर्नियामा बस्छन् । एपी