काठमाडौं । दसैँको फूलपातीका दिन रिलिज भएको चलचित्र ‘बलिदान’को एक्सनको प्रशंसा भइरहेको निर्देशक सन्तोष सेनले बताएका छन् । क्लाइमेक्ससहितका एक्सन सिनको दर्शकले प्रशंसा गरिरहेको उनले बताएका छन् ।
“क्लाइमेक्ससहितका एक्सन सिनको दर्शकले प्रशंसा गरिरहनु भएको छ,” सन्तोष बाह्रखरीसँग भन्छन्, “एक्सनसँगै राष्ट्रियता, आमा र आमाका लागि छोराले गरेको संघर्षको प्रशंसा भइरहेको छ ।”
नेपाली चलचित्रको इतिहासमै ‘बलिदान’ ऐतिहासिक चलचित्र भएको उनले बताएका छन् । जेनजी आन्दोलनले सिर्जना गरेको त्रास र बाढी–पहिरोको कहरबीच चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको उनले दाबी छ ।
“हामी चाँडै बलिदानको एक साताको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गर्नेछौँ,” उनले भने, “हाम्रो चलचित्रले जति पनि बिजनेस गरिरहेको सन्तोषजनक छ ।”
असोज १३ गते रिलिज भएको चलचित्र ‘बलिदान’ अरु दुई नेपाली सिनेमा ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’सँगै रिलिज भएको थियो । सन्तोष सिनले निर्देशन गरेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘कान्तारा’ रिलिज भएपछि नेपाली चलचित्रको शो घटेको छ ।