site stats
बाह्रखरी :: Baahrakhari
कला
‘माइतीघर’को भिडियो प्रतियोगितामा कसले जित्यो पाँच लाख पुरस्कार ?

काठमाडौं । फूलपातीको दिनबाट रिलिजमा आएको चलचित्र ‘माइतीघर’को निर्माण टिमले शीर्ष गीतमा भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।

‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगिताका विजेताको नाम घोषणा गरिएको छ ।

चलचित्रमा नै विजेताको भिडियो समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजार भन्दा बढीबाट दुई जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् । जसमा, दुवै जना विजेता बुटवलका छन् ।

बुटवलका सुरज सिंजाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूहले भिडियो प्रतियोगिता जितेका छन् ।

विजेताले समान अंक ल्याएका कारण दुवैजनालाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ ।

विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । निर्माता अधिकारीले दुवै समूहलाई साढे दुई लाखका दरले पुरस्कार दिने बताए । 

मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, युवराज लामा, बुद्दि तामाङ, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्