site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारमा हुनेको बुद्धि नभएकैले जेनजी आन्दोलनमा दुर्घटना भयो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी आन्दोलनमा सहभागीहरूको ज्यान गएको बताएकी छन् । 

विजया दशमीको दिन जेनजी आन्दोलनका सहिद परिवारसँगको भेटमा उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई सहयोग गर्नेबारे सोचेको बताइन् । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने उनको प्रतिबद्धता छ ।

“दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन, जसकारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौँ । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो,” उनले भनिन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्