राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए । रासस
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ १५:२१
प्रतिक्रिया दिनुहोस्