site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लन्डनमा महात्मा गान्धीको प्रतिमा तोडफोड गरिएपछि भारतको कडा आपत्ति

काठमाडौं । लन्डनको टेभिस्टक स्क्वायरमा अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड गरिएको छ । तोडफोडको घटनालाई लिएर भारतले कडा असन्तुष्टि व्यक्त गरेको छ ।

महात्मा गान्धीको प्रतिमाको वेदीमा आपत्तिजनक भित्तिचित्र (ग्राफिटी) फेला पारेपछि सोमबार यो घटना देखिएको थियो । त्यसपछि त्यहाँ उपस्थित मानिसहरू र भारतीय समुदायमा गहिरो आक्रोश फैलिएको बताइएको छ ।

यस घटनापछि लन्डनस्थित भारतको उच्चायोगले कडा आपत्ति जनाएको छ । उच्चायोगले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै महात्मा गान्धीको प्रतिमासँग गरिएको यो व्यवहार केवल एउटा मूर्तिको अपमानमात्र नभई अहिंसाको भावना र गान्धीको विरासतमाथिको हमला भएको बताएको छ ।

भारतीय अधिकारीहरू घटनास्थलमा पुगेर प्रतिमाको मर्मत र त्यसको गरिमा पुनःस्थापित गर्ने काम गरिरहेका बताइएको छ । यो काँसको प्रतिमा सन् १९६८ मा भारत लिगको सहयोगमा स्थापित गरिएको थियो ।

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्