site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक दल निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दै छ : भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका निम्ति शीर्ष नेतामा बहानाबाजी सुरु भइसकेको बताएका छन् ।

उनका अनुसार, ‘जेनजी’ आन्दोलनको माग पुरानो नेतृत्व परिवर्तन हो । तर, संकटका बेला नेतृत्वलाई जोगाउनुपर्ने भनेर बहानाबाजी सुरु भइसकेको उनले उल्लेख गरे ।

सोमबार (असोज १३) ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको जिकिर गरे ।

हालका नेताबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको उनले बताए । निर्वाचन गराउन नसके मुलुक अर्कै दिशामा जाने उनले अनुमान गरे ।

चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिले पनि खेल्ने क्रम जारी रहने उनले विश्लेषण गरे । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिले समेत खेल्न सक्ने उनको भनाइ छ ।

मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने उनले चेतावनी दिए ।

घनश्याम भुसालको भनाइ पढ्नोस्–
अब हामीसँग दुईवटा बाटो छ । एउटा, दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी सुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आमरूपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदै छ । वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् । तिनको पक्षमा जनमत बनाएर तिनीहरूले नै उकास्छन् भन्ने भाष्य बनाइँदै छ, यो घातक भाष्य बन्दै छ । यसले गर्दा यिनीहरू यहीँ रहिरहन्छन् । यिनीहरू रहिरहेर, समाजमा यति धेरै बदनाम नेताहरूलाई राखेर ती पार्टीले जनताको बीचमा जान सक्दैनन् । अहिले नै देखिरहनुभएको छ, चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिदेखि लिएर तमाम पपुलिस्ट नाराहरू गर्दै छन् । यो स्वर पनि बढ्दै जाने देखिन्छ । राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरू संविधानविरुद्धमा गतिविधि सुरु गर्नेछन् । तिनै नेताहरू देखाएर समाजमा ती नेताहरूको आक्रोश प्रयोग गरिरहनेछन् र यस्ता तत्त्वहरूले समाजमा काम गरिरहनेछन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्