काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै छ । ‘जेनजी’ आन्दोलनले उब्जिएको पछिलो राजनीतिक परिस्थिति र दलहरूको आगामी रणनीतिलगायत विषयमा बैठकमा छलफल हुने सचिवालय सदस्य केशव झाले जानकारी दिए ।
बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, मधेस प्रदेश सरकार गठन, आगामी रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।
मोर्चाको सचिवालय सदस्य झाले बाह्रखरीसित भने, “मधेस प्रदेश सरकारबाट कांग्रेस बाहिरिएसँगै नयाँ सरकार गठन प्रक्रियालगायत विषयमा छलफल गर्नुपर्नेछ । यस्तै, जेनजी आन्दोलनले उब्जिएको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।”
सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते गर्ने भएसँगै दलहरू चुनावको तयारीमा जुटेका छन् ।