site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोकिएको मितिमै चुनाव गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएको मितिमै चुनाव गर्न सरकारसँग माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले तोकिएको मिति (फागुन २१) मै चुनाव गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “घोषित मितिमा नै निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीका तर्फबाट यथाशक्य भूमिका खेल्ने निर्णय भएको छ ।”

उनले थपे, “जेनजीलगायत अग्रगमन, परिवर्तनका पक्षधरसँग वार्ता सम्वाद गर्ने समझदारी कायम गर्ने पनि बैठकले निर्णय गरेको छ ।”

बैठकले समाजवादी मोर्चा र विचार कार्यदिशा मिल्ने अन्य राजनीतिक दलहरूसँग पनि एकताका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।

सबै देशभक्त, परिवर्तनकारी पार्टी र सबैलाई समेटेर सम्मिलित गरेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता सापकोटाले जानकारी दिए 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्