site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थमन्त्री खनाल विराटनगरमा, प्रयोग गरेनन् विमानस्थलको भीआईपी कक्ष

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल विराटनगर आइपुगेका छन् । बुधबार दिउँसो विराटनगर विमानस्थल ओर्लिएका उनले भीआईपी कक्ष प्रयोग गरेनन् । उनी सर्वसाधारणकै लाइनबाट विमानस्थलबाट बाहिरिए ।

विराटनगर भन्सार कार्यालयको कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्री खनालले विमानस्थबाट बाहिरिने क्रममा भीआईपी गाडी चढेनन् । उनी सामान्य निजी नम्बर प्लेटको गाडी चढेर गन्तव्यतिर लागे ।

मन्त्री खनाललाई स्वागत गर्न विमानस्थलसम्म विराटनगरका केही उद्योगी–व्यवसायी पुगेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजाललगायतले खनाललाई स्वागत गरे ।

आज भन्सार कार्यालयको कार्यक्रममा भन्सारसम्बन्धी नयाँ प्रणाली उद्घाटन गर्दै उनले अर्थमन्त्रालयसँग सम्बन्धित कार्यालयमा जेनजी आन्दोलनमा भएको क्षतिबारे जानकारी लिनेछन् । आजै अपराह्न ४ बजे विराटनगरका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यसूची छ 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्