site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऐतिहासिक धरोहरको रूपमा रहेको कोइराला निवासमा आगजनी हुनु दुःखद : महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विराटनगरस्थित  कोइराला निवासको अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी भइ ध्वस्त भएको कोइराला निवासको सोमबार (असोज ६) अवलोकन गरेका हुन्

शर्माले ऐतिहासिक धरोहरको रूपमा रहेको निवास आगजनी हुनु दुःखद भएको बताए । "यो इतिहास बोकेको स्थान हो," उनले भने । 

शर्माले कांग्रेसमा युवापुस्ता समेट्न अझै धेरै काम गर्न बाँकी रहेको भन्दै नयाँ योजनासाथ अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्