site stats
बाह्रखरी :: Baahrakhari
कला
सर्‍यो ‘अभिमन्यु’, असोज २४ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते (दसैँको फूलपातीमा) रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । असोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने भएपछि ‘अभिमन्यु’ पछि सरेको हो । 

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिका छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । 

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्