site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी पदाधिकारी बैठक जारी, कार्यभारसहितका विषयमा गरिँदै छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । आइतबार (असोज ५) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले बाह्रखरीसित भने, “बैठकमा मुलुकको पछिल्लो अवस्था, राजनीतिक विषयवस्तु र कार्यभारलगायत विषयमा छलफल हुनेछन् ।”

माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको कार्यशैली परिवर्तन हुनुपर्ने माग गर्दै आएका छन् । केही दिनअघि १६ बुँदे संश्लेषण सार्वजनिक गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका थिए ।

संविधान दिवसका दिन (असोज ३) प्रचण्डले पार्टी कार्यालयमा आयोजित सभामा आफू नेतृत्व परिवर्तनका निम्ति तयार रहेको बताएका थिए । तर, विधि र प्रक्रियासंगत ढंगले अघि आउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्