site stats
बाह्रखरी :: Baahrakhari
कला
‘हरिबहादुरको जुत्ता’को ट्रेलरमा के छ ?

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी फ्लेवरको ट्रेलरले सिनेमा लाइट कमेडी जानरामा रहेको देखाएको छ । 

हरिवंशलाई केन्द्रमा राखेको ट्रेलरले उनको छट्टुपन र कमेडीलाई देखाएको छ । चोरीको आरोपले दिएको दुःख, तीन श्रीमती हुँदाको पीडा, प्रहरी कस्टडीको यात्रा र भोगाइ तथा यसकै सेरोफेरोमा रहेको कमेडीलाई निर्देशकले प्राथमिकतामा राखेका छन् ।

लाइट कमेडी मन पराउने दर्शकलक्षित गरेर सिनेमा बनाइएको ट्रेलरले संकेत गरेको छ ।

hari-bahadur-ko-jutta1-1758383238.jpg
प्रकाश सपूत ‘ग्रे’जोनमा छन् । स्वस्तिमा खड्का महिला नेत्रीका रूपमा देखिएकी छन् । भ्रष्ट राजनीतिको विरोधमा उनी समाजलाई एकत्रित गरिरहेकी छन् । यसले समसामयिक समाजको कथा पनि सिनेमाले उठान गरेको ट्रेलरले प्रस्ट पार्ने प्रयास गरेको छ ।

‘हरिबहादुरको जुत्ता’ दसैँको फूलपाती (असोज १३)मा रिलिज गरिँदै छ ।

दीपेन्द्र के खनालले निर्देशनमा निर्मित यो चलचित्रमा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सीता न्यौपाने, दिव्यदेवलगायत कलाकारको अभिनय छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

कृष्ण थापाको छायांकन रहेको चलचित्रमा सम्पादन नहकुल खड्काको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्