site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बेलायतका राजाद्वारा नेपाली युवाहरूको मृत्यु भएकोमा दुःख व्यक्त
फाइल तस्बिर ।

काठमाडौं । बेलायतका राजा चार्ल्सले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । 

नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको सन्देशमा उनले दुःख व्यक्त गरेका हुन् । “आजको दिन ठूलो चुनौतीको बीचमा आएको हो भन्ने कुरा हामी बुझ्छौँ । हालै भएको जीवनको क्षति र नेपालभरि धेरैले सामना गर्नुपरेको कठिनाइप्रति हामी तपाईंको दुःख साझा गर्छौं । कृपया हाम्रो हार्दिक समवेदना स्वीकार गर्नुहोस्,” राजा चार्ल्सले पठाएको सन्देशमा भनिएको छ ।

संविधान दिवसका अवसरमा श्रीमती र आफ्नो तर्फबाट राजा चार्ल्सले राष्ट्रपति पौडेललाई शुभकामना दिएका छन् । “यी कठिन समयमा, नेपाली जनताको लचिलोपन र भावनाले प्रेरणा दिइरहन्छ । तपाईंको संविधानमा निहित मूल्यहरू (शान्ति, लोकतन्त्र र समावेशीकरण) सधैँ जस्तै महत्त्वपूर्ण छन्,” राजा चार्ल्सले भनेका छन् ।

सन् २०२६ मा हुने चुनावले नेपाललाई अझ सुरक्षित र समृद्ध भविष्यतर्फ मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्