site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सोल्टिनी’को टिजरमा प्रेम, यथार्थ र विद्रोह

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ । कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने चलचित्रको टिजरमा प्रकाश सपूत र परीक्षा लिम्बूबीचको प्रेम, समाजको यथार्थ र विद्रोह देखाइएको छ । 

टिजरले ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक संघर्षलाई प्रस्तुत गरेको छ । यो चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । 

प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय छ ।

सुशन प्रजापतिले छायांकन गरेको चलचित्रको कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लखेका छन् । 

चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईंले निर्माण गरेका हुन् । सहनिर्मातामा रोशन चौलागाईं, वसन्त कटुवाल र सुजन अधिकारी छन् ।  

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्