site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशसभा सभामुख पाठकले दिए राजीनामा

काठमाडौं । वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका हुन् । 

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद बनेका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नै राप्रपाले सबै सांसदको सामूहिक राजीनामा घोषणा गरेको थियो ।
 
पाठकले कानुनी प्रक्रिया पूरा गर्न आज राजीनामा पत्र बुझाएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्