site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जारी–२’ भाइटीकामा रिलिज हुने

काठमाडौं । चलचित्र ‘जारी–२’ भाइटीकामा रिलिज हुने भएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी–२’ अब भाइटीकामा रिलिज हुने भएको हो । 

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार छन् । 

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा निर्देशक रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ हुन् । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय, बराल, बुद्दि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायतको अभिनय छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्