site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दलाई लामाले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौं । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकामा प्रधानमन्त्री सुशीला कार्कीलाई शनिबार (भदौ २८) बधाई दिएका छन् ।

चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकांक्षा पूरा गर्नका निम्ति उनले सफलताको कामना गरेका छन् ।

आफ्नो सन्देशमा उनले नेपालको बढ्दो समृद्धि र विकासबारे पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्