राजनीति
काठमाडौं । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकामा प्रधानमन्त्री सुशीला कार्कीलाई शनिबार (भदौ २८) बधाई दिएका छन् ।
चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकांक्षा पूरा गर्नका निम्ति उनले सफलताको कामना गरेका छन् ।
आफ्नो सन्देशमा उनले नेपालको बढ्दो समृद्धि र विकासबारे पनि उल्लेख गरेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ २०:१३
प्रतिक्रिया दिनुहोस्