काठमाडौं । यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा धेरै सरकारी र निजी संरचनामा आक्रमण गरियो । कतिपय नेताहरूका घर तथा सम्पत्ति तोडफोड र आगजनीबाट ध्वस्त भयो ।
नेकपा (माओवादी केन्द्र)ले त्यहीक्रममा आफ्ना नेताहरूका सम्पत्तिमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । माओवादी केन्द्रले आफ्ना नेताहरू जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूको निसानामा परेका जनाएको छ ।
“...माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ,” माओवादी केन्द्रले शनिबार (भदौ २८) जारी गरेको विवरणमा उल्लेख छ ।
माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण–
१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरीराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणि खनालको घर आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
२०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।