राजनीति
पोखरा । कास्कीको पोखरामा विभिन्न दलनिकट विद्यार्थी संघसंगठनका युवाले नाराबाजी गरेका छन् । बिहीबार (भदौ २६) अपराह्न पृथ्वीनारायण क्याम्पसबाहिर भेला भएर उनीहरूले नाराबाजी गरेका हुन् ।
उनीहरूले ‘जेनजीको माग पूरा गर’, ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’लगायत नारा लगाएका छन् । यसरी भेला हुनेमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत संगठनमा आबद्ध विद्यार्थी छन् ।
भिडियो हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ १७:३९
प्रतिक्रिया दिनुहोस्