site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागी गराउन जरुरी : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा समेत सहभागी गराउन जरुरी रहेको बताएका छन् । शनिबार (भदौ २१) ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्र सरकारले मात्र हेर्ने र अरूमा पीपीपी मोडलमा जानुपर्ने आवश्यकता औँल्याए । सरकारले विगतमा बिजुली उत्पादनमा जोड दिए पनि प्रसारणलाइन विस्तारमा ध्यान नदिँदा विद्युत् प्रवाह गर्न समस्या भइरहेको बताए ।

उनले अनौपचारिक अर्थतन्त्रको सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्