site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अहिले नै मन्त्री फेरबदल हुँदैन : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका मन्त्री अहिले नै फेरबदल नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, "अहिले हुँदैन ।"

पत्रकारले उनलाई संविधान संशोधनबारे पनि प्रश्न गरेका थिए । जवाफमा उनले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत चाहिने भएकाले समय लाग्ने बताए ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा सक्रिय भएको विषयमा उनले आफूलाई कुनै जानकारी नभएको बताए । "मलाई केही थाहा छैन," उनले भने ।

उनले कांग्रेसको महाधिवेशन हुने र त्यसमा धेरै चिन्ता नगर्न आग्रह गरे ।

सामाजिक सञ्जाल बन्द भएको विषयमा उनले दर्ता प्रक्रियामा आउन मात्र भनिएको सुनाए ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्