site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति घोषणा गरेका छन् ।

अन्य सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल छन् ।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले बताए ।

प्रस्ताव तयारीका लागि समितिको बैठक केही बेरमा बस्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्