site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रिमै’प्रति ढुक्क रिश्मा

काठमाडौं । चलचित्र ‘रिमै’को प्रदर्शनको पूर्वसन्ध्यामा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्र हेर्नेले ‘रिमै’को प्रशंसा गरेका छन् । भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियरअगाडि गुरुङ समुदायको सांस्कृतिक झाँकी सोरठी नाचसमेत प्रस्तुत गरिएको छ । 

चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ पनि गुरुङ समुदायको भेषभुषामा सजिएका थिए । 

चलचित्र हेरेपछि विल्सन विक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए । माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए । 

सिनेमाकी मुख्य अभिनेत्री रिश्मा गुरुङले आफ्नो आठ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेको बताइन् । “म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु । म जुन सहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ । त्यसैले अमेरिकामा रहँदा यो सवै मिस गरिरहेकी थिएँ,” उनले भनिन्, “आज रिमै हेरिरहँदा त्यो सवै भुलेर नयाँ अनुभव बटुलेँ । लामो समयपछि काजी र मैंयाको जोडी पुनः पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ ।” 

‘रिमै’लाई निर्देशक खिलबहादुर गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ र रिस्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङलगायतको अभिनय छ । 

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमा शैलेन्द्र ध्वज कार्कीले खिचेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्