कला
काठमाडौं । चलचित्र ‘जारी–२’को नयाँ गीत रिलिज भएको छ । ‘अम्लारी’ बोलको गीतमा अविज्ञा घिमिरे र विकास लिम्बूको स्वर छ र सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत सुशान्त गौतमको छ ।
गीतमा पालम, ख्याली र हाकपारे पनि छ । सम्झनामा नोस्टाल्जिक हुने गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार छन् ।
असोज ३ गते रिलिज हुने चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । लेखक पनि सुब्बा नै हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ । अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगातय छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १०:०६
प्रतिक्रिया दिनुहोस्