site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै, यी हुन् छलफलका विषय
फाइल तस्बिर ।

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार (आज) बस्दै छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी बैठकमा भएका छलफलको विषयमा निर्णय हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“आजको बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको छलफलमाथि निर्णय हुनेछ । पार्टीको यही भदौ २१ गतेदेखि सुरु गर्ने भनेको मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगो लाग्न बाँकी विषयमा टुंगो लगाइनेछ,” प्रवक्ता सापकोटाले भने ।

उनका अनुसार एकतामा आएका दलका नेता कार्यकर्ताको कार्यविभाजनबारेमा पनि आजको बैठकले निर्णय गर्नेछ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा पार्टी एकता भएको थियो ।

बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोध र समाधानका विषयमा पनि छलफल हुने बताइएको छ । 

यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्