कला
लिस्बन । पोर्चुगलमा लोक रक ब्यान्ड नेपथ्यले कन्सर्ट गरेको छ । आइतबार राति ‘लिस्बोआ अओ भिभो’ हलमा नेपत्यले कन्सर्ट गरेको हो ।
हलभरि रहेका दर्शकलाई गायक अमृत गुरुङले पहिलो कोसेली सुनाएका थिए, ‘कोशीको पानी यो जिन्दगानी...।’ त्यसपछि उनले ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ गाएका थिए ।
कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत ‘आँगनैभरि’देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको ‘कर्नालीका छाइला’ सम्ममा दर्शक उत्तिकै रमाएर नाचेका थिए । ‘जोगले हुन्छ भेट’, ‘यो जिन्दगानी’लगायत गीत गाउँदा दर्शकले नेपथ्यलाई साथ दिएका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्