site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेल्जियमले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने

काठमाडौं । बेल्जियमले यसै महिना संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने भएको छ । 

बेल्जियमका विदेश मन्त्री म्याक्सिम प्रेभोटले भने, “संयुक्त राष्ट्र संघको महासभाको सत्रमा बेल्जियमद्वारा प्यालेस्टाइनलाई मान्यता दिइनेछ र इजरायली सरकारविरुद्ध कडा प्रतिबन्धहरू लगाइनेछ ।” 

प्रेभोटले बेल्जियमले इजरायलमाथि १२ वटा कडा प्रतिबन्ध लगाउनेछ । प्रतिबन्धमा इजरायली बस्तीहरूबाट उत्पादनहरू आयातमा प्रतिबन्ध र इजरायली कम्पनीहरूसँगको सार्वजनिक खरिद नीतिहरूको समीक्षा समावेश रहेको उनले बताए ।

उनले यो निर्णय प्यालेस्टाइन, विशेष गरी गाजामा भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राखेर गरिएको बताएका छन् ।

जुलाईको अन्त्यमा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र संघको महासभामा मान्यता दिने घोषणा गरेका थिए । यो महासभा सेप्टेम्बर ९ देखि २३ सम्म न्युयोर्कमा हुँदै छ । यसपछि, अन्य धेरै देशहरूले पनि यस्तै गर्ने घोषणा गरेका छन् । तर, केही देशले आफ्नो सर्तहरू पनि राखेका छन् ।

यो वर्षको अप्रिलसम्ममा संयुक्त राष्ट्र संघका ७५ प्रतिशत सदस्य राष्ट्रहरू अर्थात् लगभग १४७ देशले  प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् । अलजजिरा

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्