काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ ।
दानबहादुर कार्कीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतमा युवकले युवतीलाई फकाउन गरेको प्रयास र त्यसमा युवतीले गरेको आशंका छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपूत र स्वस्तिमा खड्का छन् ।
दसैँको फूलपातीमा रिलिज हुने चलचित्रमा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।
सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् ।
कृष्णबहादुर थापाको डीओपी रहेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।