काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित 'नेकपा (एमाले)को लोकतान्त्रीकरण विषयक' अन्तरसंवाद कार्यक्रममा पाण्डेले भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गर्ने निर्णय विवेकसम्मत नभएको बताएका हुन् ।
“सदस्यता प्राप्त गर्नु र पार्टीको अध्यक्ष बन्ने फरक विषय हुन् । कोही व्यक्तिले सदस्यता पाउनु भनेको ऊ अध्यक्ष बन्छ भन्ने अर्थ लाउन मिल्दैन,” पाण्डेले भने, “विद्या भण्डारीजीले एमालेको राजनीतिमा फर्कन्छु भनेर सदस्यता ‘रिन्यू’ गर्नुभएको छ । उहाँको सदस्यता नै स्वीकार गर्दिन भन्नु विवेकसम्मत निर्णय हुन सक्दैन,” पाण्डेले भने ।
सभामुख, राष्ट्रपति बन्ने व्यक्ति पार्टीकै निर्णयबाट ती पदमा जाने भएकाले पदमा रहँदासम्म मात्र उसको सदस्यता निष्क्रिय रहने उनको मत छ । उनले पदीय जिम्मेवारी सकिएपछि कोही पनि व्यक्ति राजनीतिबाट निरपेक्ष नहुने तर्क थिरे ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता स्वीकार नगर्ने निर्णयमा पाण्डेले फरक मत राखेका थिए ।