राजनीति
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार (भदौ १४) उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको पार्टीले जनाएको छ ।
रुकुम पूर्वको तकसेराकी पुनलाई स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा शल्यक्रियापछि छोरीलाई जन्म दिएकी उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
पुन नेकपा (एमाले)बाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२ २१:३५
प्रतिक्रिया दिनुहोस्