site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राठौरले गरे कांग्रेस सभापतिमा उमेदवारी घोषणा

बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा आफू सहजै सभापति बन्ने जिकिर गरेका छन् । शनिबार (भदौ १४) बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन नेतृत्वमा नयाँ धार आवश्यक भएको बताए ।

मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न सक्षम नेतृत्व आफू मात्र भएको उनले जिकिर गरे । “म मन्त्री वा प्रधानमन्त्री बन्ने लोभले होइन, कांग्रेसलाई सशक्त बनाउन सभापति बन्न चाहन्छु,” उनले भने ।

आफूलाई सभापति शेरबहादुर देउवाको साथ, सहयोग रहने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य समेत रहेका राठौरले सभापति बनेपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने र पार्टीलाई नयाँ गतिशीलता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्