site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल बारले बनायो अदालतका फैसला अध्ययन गर्ने समिति

काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतका फैसला अध्ययन गर्न समिति गठन गरेको छ । बारले न्यायपरिषद्‌को सदस्य भएर काम गरिसकेका वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो । 

समितिमा वरिष्ठ अधिवक्ताहरू डा. सुष्मा बाँस्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन् । समितिलाई अध्ययन गरेर तयार पारेका प्रतिवेदनहरू नेपाल बार एसोसिएसनको साधारणसभा र केन्द्रीय कार्यकारीणी परिषद्‌मा प्रस्तुत गर्न तथा प्रकाशनका लागि उपलब्ध गराउन भनिएको छ ।

541560768_1971656670304321_2655230102078720268_n-1756471169.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्