site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राज्यव्यवस्था समिति सभापतिमा न्यौपानेको उमेदवारी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिबाट राजीनामा दिएर मंगलबार (भदौ १०) उनी राज्यव्यवस्थामा उमेदवार बनेकी हुन् ।

राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् । सभापति चुन्न बुधबार (भदौ ११) दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।

गएको साउन २७ गते खतिवडाले सभापतिबाट राजीनामा दिएपछि पद रिक्त छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्