site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
एमाले सचिवालय बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगन गरिएको छ । यही भदौ १३ गतेका निम्ति बोलाइएको बैठक नबस्ने भएको हो ।

विधान महाधिवेशनबारेको सुझाव प्राप्त हुने क्रम जारी रहेको र त्यसलाई एकीकृत गर्न समय लाग्ने भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अर्को बैठकको मिति तय गरिएको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा गएर फर्किएपछि मात्र बैठक बस्ने उनले बताए । 

यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन आयोजना गरिँदै छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्