site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रिमै’को ट्रेलरमा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको बेमेल

काठमाडौं । चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थ छ ।

दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको ट्रेलरमा उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षमा छन् । रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई रोचक बनाएको छ ।

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको ‘रिमै’को ट्रेलरमा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको बेमेल छ । 

चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङलगायतको अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०६:०१
प्रतिक्रिया दिनुहोस्