site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाबाट मन्त्री बन्दै छन् महतो र झा
वीरेन्द्र महतो (बायाँ) र रञ्जुकुमारी झा ।

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघ सरकारमा नयाँ मन्त्री पठाउने भएको छ । हाल कायम जसपातर्फका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । “सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो,” उनले बाह्रखरीसित भने, “नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीसँग पहिल्यै पठाइसकिएको छ ।”

हाल जसपाका तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी छन् । यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानीमन्त्री बनाउने तयारी छ । रञ्जुकुमारी झालाई महिलामन्त्री बनाउने गरी पहिल्यै नाम पठाइएको उपाध्यक्ष बस्नेतले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्