राजनीति
विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकको विरोधमा नेपाल प्रेस युनियनले उल्टो जुलुस निकालेको छ । आइतबार प्रदेशसभानजिकै देवकोटा चोकबाट युनियमा आबद्ध पत्रकारहरू मोरङ कारागार नजिकैको हाट खोलासम्म पुगेका थिए ।
युनियनका अध्यक्ष मीनकुमार श्रेष्ठले पत्रकारलाई दण्ड, सजाय र सञ्चार सामग्री प्रकाशन प्रसारण बन्द गराउने प्रावधान स्वीकार गर्न नसक्ने बताए ।
"हुबहु पास भएर पत्रकार कारागारतर्फ लग्नुपर्छ भन्ने सन्देश दिन उल्टो जुलुस निकालेका हौँ," श्रेष्ठले भने ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्