site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पीडितको जमघटले समाज परिवर्तन हुँदैन : पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन् । शनिबार (भदौ ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देश विकास नेतृत्वमा निर्भर रहने उनले उल्लेख गरे । कतै देश विकास तानाशाहीबाट भएको उनले उदाहरण दिए । लोकतन्त्रले मात्र देश विकास हुन्छ भन्ने सोच्न नहुने उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हाबी रहेको उनले टिप्पणी गरे । यसविरुद्ध लडिरहेको उदाहरण देखिइरहेको उनले बताए । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उनले टिप्पणी गरे ।

“...दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे । कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन,” उनले भने, “कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरूको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन ।”

उपाध्यक्ष पाण्डेले युवाको बीचमा गएर बहस र संगठित गरेर मात्र देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने धारणा राखे । विश्वविद्यालय पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको उनले सुनाए । अहिलेका युवा नेता देखेपछि मानिस भाग्ने गरेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्