site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
स्पेसएक्सले गर्‍यो २४ स्टारलिंक स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ स्टारलिंक स्याटेलाइट कक्षमा पठाएको छ । यी स्याटेलाइट फाल्कन–९ रकेटमार्फत क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेसफोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय) सफलतापूर्वक प्रक्षेपण गरिएको स्पेसएक्सले जनाएको छ ।

फाल्कन–९ एक पुनः प्रयोग गर्न मिल्ने रकेट हो । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्षयात्रीको ढुवानीका निम्ति यसको विकास गरेको हो ।

यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यमा उपयोगी सामग्री पुर्‍याउन प्रयोग गरिन्छ । मुख्य विशेषता भनेको यसको पहिलो चरण (बुस्टर) भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिन्छ । त्यसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउँछ ।

स्पेसएक्सका अनुसार, स्टारलिंक परियोजनाले ती स्थानमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ हालसम्म इन्टरनेट पहुँच अस्थिर, महँगो वा पूर्ण रूपमा उपलब्ध छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्