site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । शुक्रबार (भदौ ६) काठमाडौंमा ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको भएको उनले उल्लेख गरे । उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ भन्ने सकारात्मक सोचका साथ लाग्न जरुरी रहेकामा जोड दिए ।

नेता कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण रहेको धारणा राखे ।

“लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ,” उनले भने, “घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौँ ।”

सांसद कोइरालाले सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार लाग्नुपर्ने बताए । शिक्षामा पहिलो जोड दिनुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्