site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । दक्षिण अमेरिकामा शुक्रबार बिहान  शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गमा रहेको छ, यसले दक्षिण–पश्चिम एटलान्टिक र दक्षिण–पूर्वी प्यासिफिक ओसनलाई जोड्छ । 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार, भूकम्पको तीव्रता सुरुमा ८ म्याग्निच्युड मापन गरिएको थियो । तर, पछि यसलाई संशोधन गरी ७.५ कायम गरिएको छ । 

यो क्षेत्र दक्षिण अमेरिकाको केप हर्न र अन्टार्टिकाको दक्षिण शेटल्यान्ड टापुहरूबीचमा छ । ड्रेक जलमार्ग, दक्षिणी चिली र अन्टार्टिकाबीचको सुदूर समुद्री क्षेत्र, जटिल टेक्टोनिक सीमाहरूनजिक पर्छ । यहाँ भूकम्पीय गतिविधि सामान्य हुन्छ ।

हालसम्म कुनै हताहत वा संरचनात्मक क्षतिको खबर आएको छैन । 

यसको केन्द्र ३६ किलोमिटर गहिराइमा थियो । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ । ड्रेक जलमार्गको चौडाइ कम्तीमा ८०० किलोमिटर छ । द इकोनोमिक टाइम्स


 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्