site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ट्रकको भारवहन क्षमताबारेको उजुरीमा छलफल हुँदै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतिकरण र छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०६:०६
प्रतिक्रिया दिनुहोस्