कला
काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्रको छायांकन ३५ दिनमा सकिएको हो ।
काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । उनका अनुसार अब एउटा गीतको छायांकन बाँकी छ ।
‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । चलचित्रमा दयाहाङसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत मुख्य भूमिकामा छन् ।
‘मिरमिरे’को कथा पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायांकन आलोक शुक्लाले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ १६:२८
प्रतिक्रिया दिनुहोस्