काठमाडौं । रूसले ह्वाट्सएप र टेलिग्राम म्यासेजिङ एपहरूमा भ्वाइस कलमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । इन्टरनेटमाथि आफ्नो नियन्त्रण कडा पार्ने मस्कोको यो पछिल्लो कदम हो ।
रूसी मिडिया अनुगमन सेवा मिडियास्कोपका अनुसार, यो प्रतिबन्धले रूसमा ह्वाट्सएपका अनुमानित ९.६ करोड र टेलिग्रामका ८.९ करोड मासिक प्रयोगकर्तालाई प्रभावित गर्नेछ ।
बुधबार जारी विज्ञप्तिमा रूसको मिडिया र इन्टरनेट नियामक रोस्कोम्नाड्जोरले यो कदम अपराधविरुद्ध लड्न आवश्यक भएको जनाएको छ ।
मस्कोले अनलाइन म्यासेजिङ सेवालाई कानुन प्रवर्तनको आग्रहमा प्रयोगकर्ता डेटा उपलब्ध गराउन माग गरेको छ । “विदेशी म्यासेन्जरहरूले रूसी कानुनको पालना सुरु गरेपछि कलहरूमा पहुँच पुनस्र्थापित हुनेछ,” रोस्कोम्नाड्जोरले भनेको छ । अलजजिराबाट ।