काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिगो स्वीकार गर्ने कुरा आफैँमा अपराधको स्वीकारोक्ति भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गरे ।
“राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन तथा हस्ताक्षर अभियान पनि चलाउनुभएको छ । तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाउँ भनेर निवेदन दिए । म साथीहरूलाई सोध्न चाहन्छु, बिगो स्वीकार गर्ने कुरा आफैँमा अपराधको स्वीकारोक्ति होइन ?” उनले थपे, “तपाईंको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन र ?”