site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशमा विश्वासको मत : ४ बजे डाकिएको बैठक अझै सुरु हुन सकेन

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । 

मुख्यमन्त्री बानियाँले विश्वासको मत माग्ने प्रस्तावका लागि सूचना दिएपछि सभामुखले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका थिए । तर, ५ बजेसम्म पनि बैठक सुरु भएको छैन । 

नेपाली कांग्रेसभित्रको विवादले विश्वासको मत लिने बैठक सुरु हुन समस्या भएको हो । मुख्यमन्त्री बानियाँले आफ्ना पार्टीको एउटा समूहले विश्वासको मत नदिए विपक्षमा रहेको नेकपा (एकीकृत समाजवादी)को समर्थन लिएर विश्वासको मत अघि बढाउने निर्णय सुनाएका थिए । 

आफ्नो संसदीय दलमा त्यस्तो सूचना सुनाएको दलका सचिव तथा सांसद मीनकृष्ण महर्जनले जानकारी दिए । बहादुरसिंह लामा पक्षका सांसदहरू अझै पनि बानियाँबाट सहमति कार्यान्वयनको प्रतिबद्धता कुरिरहेका छन् । तर, बानियाँले उनीहरूलाई त्यस्तो प्रतिबद्धता नदिएको एक सांसदले जानकारी दिए । 

“उहाँ आफू पार्टी नेतृत्व र सरकारको पनि नेतृत्वको रूपमा पार्टीलाई समन्वयमा अघि बढाउन जिम्मेवार देखिनुभएको छैन,” ती सांसदले भने, “उहाँले माग सम्बोधन गर्छु भन्दा पनि विश्वासको मत दिन नपाउने ठाउँमा हुँदा इतिहासमा कलंकित होइन्छ भनेर हामी हेटौँडामै आएका हौँ ।” 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्