काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिए पनि स्थानान्तरण नगरिनु दुःखद भएको बताए ।
उनले रूपन्देही कारागारमा मानवअधिकार आयोगको टोलीले अनुगमन गरेको विषय सदनमा उठाउँदै कारागारभित्र न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरे ।
"कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद मात्र होइन नबुझिँदो कुरा भएको छ । त्यसकारण सरकारले सम्पूर्ण देशहरूको वस्तुस्थिति हेरेर तिनीहरूको सुधारको निम्ति अहिलेको आवश्यकता देखेको छु," उनले भने ।
उनले देशभरका कारागारहरूको अवस्था सुधार गर्न माग समेत गरे । न्युज एजेन्सी नेपाल